२ आश्विन २०८१, बुधबार

शनिवार चार प्रदेशमा भारी वर्षाको सम्भावना

प्रकाशित मिति :  14 September, 2024 7:49 am


काठमाडौँ। देशभर मनसुनी वायुको प्रभावसँगै बङ्गालको खाडीको उत्तरपूर्वतर्फ रहेको न्यूनचापिय प्रणालीको आंशिक प्रभाव देखिएको छ।

शनिवार बिहानीपख कोशी र मधेश प्रदेशमा साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक देखि साधारणतया बदली रहेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आगामी २४ घण्टामा कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन–चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ।



प्रतिक्रिया दिनुहोस !