५ कार्तिक २०८१, सोमबार

बाँकेमा २१ जना कोरोना संक्रमण निको भएर घर फर्किए

प्रकाशित मिति :  22 May, 2020 12:43 pm


खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालबाट फर्कैदै गरेका कोरोना संक्रमण निको भएका व्यक्तिहरु । फोटोः नरेश श्रेष्ठको फेसबुकबाट

बाँके,९ जेठ ।

नेपालगञ्जका पहिलो सङ्क्रमितसहित एकैपटक २१ जना कोरोना भाइरस निको भएर घर फर्किएका छन् ।

नेपालगञ्ज उपमहानगरपालिका वडा नं ७ का पहिलो सङ्क्रमित ६० वर्षीय पुरुषसहित नेपालगञ्ज–८ जोलाहनपुरका २० जना गरी २१ जनाको कोरोना भाइरसबाट निको भएको हो ।

खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा प्रदेश सरकारले स्थापना गरेको कोरोना विशेष आइसोलेशन अस्पतालमा उपचार गराईरहेका उनीहरुलाई आज घर पठाईएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेन्द्र श्रेष्ठले जानकारी दिए ।।

तीन दिनअघि दोस्रो तथा तेस्रो परीक्षणका लागि स्वाब सङ्कलन गरी भेरी अस्पतालको प्रयोगशालामा दुई पटकसम्म गरिएको परीक्षणमा पनि २१ जनाको रिपोर्ट नेगेटिभ आएको उनको भनाइ छ । नेपालगञ्जमा गत वैशाख १९ गते पहिलो सङ्क्रमण पुष्टि भएको थियो ।



प्रतिक्रिया दिनुहोस !