३ आश्विन २०८१, बिहिबार

कोशी, बागमती र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना

प्रकाशित मिति :  15 September, 2024 7:02 am


काठमाडौँ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसापस अवस्थित रहेको छ । मौसम पूर्वानुमान महाशाखाको जानकारी अनुसार देशभर मनसुनी वायुको प्रभाव संगै पश्चिम बंगाल र आसपास रहेको न्यूनचापिय प्रणालीको आंशिक प्रभाव देखिएको छ।

जसको प्रभावले हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिक देखी साधारणतया बदली भई एक/दुई स्थानहरुमा हल्का वर्षा भईरहेको छ भने बाँकी प्रदेशको पहाडी भु-भागमा आंशिक बदली रही तराईका भू-भाग सामान्यतया सफा रहेका छन्।

महाशाखाको जानकारी अनुसार आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। कोशी प्रदेशको तराई भू-भागको थोरै स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ।

त्यस्तै आज राति कोशी प्रदेशको केही, बागमती र गण्डकी प्रदेशका थोरै तथा बाँकी प्रदेशका एक/दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेशका एक(दुई स्थानमा भारी वर्षा र कोशी प्रदेशको तराई भू-भागका केही स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।

कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा धेरै वर्षाको तथा कोशी प्रदेशको तराई भूभागको थोरै स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू९क्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।



प्रतिक्रिया दिनुहोस !