९ मंसिर २०८१, आइतबार

भीरकोटको दहथुम बहुमुखी क्याम्पसका ७१ जना विद्यार्थीलाई छात्रवृत्ति

प्रकाशित मिति :  15 September, 2024 11:49 am


काठमाडौँ । स्याङ्जाको भीरकोट नगरपालिकाले दहथुम बहुमुखी क्याम्पसमा अध्ययनरत ७१ जना विद्यार्थीहरूलाई छात्रवृत्ति वितरण गरेको छ । नगरपालिकाको आर्थिक सहयोगमा क्याम्पसले हिजाे (शनिबार) एक कार्यक्रमको आयोजना गरि १ लाख ६३ लाख रूपैयाँ बराबरको रकम छात्रवृत्ति वितरण गरेको हो । स्नातक तहमा अध्ययनरत जेहेन्दार, गरिब, असाहय, नियमित, उत्कृष्ठ विद्यार्थीहरुलाई उक्त छात्रवृत्ति वितरण गरेको हो ।

छात्रवृत्ति वितरण गर्दै भीरकोट नगरप्रमुख गोविन्दकुमार कर्माचार्यले समग्र विकासका लागी उच्च शिक्षाको विकास अनिवार्य रहेको बताए । नगरप्रमुख कर्माचार्यले नगरपालिकाले यहाँका विद्यार्थीलाई यहीँ अध्ययन गर्ने वातावरण सृजनाका लागी नगरले छात्रवृत्ति वितरणका लागी हरेक वर्ष सहयोग गर्दै आएको बताए।

कार्यक्रममा क्याम्पस संचालक समितिका अध्यक्ष पिताम्बर श्रेष्ठले क्याम्पसको ऐतिहासिक पृष्ठभुमिका बारेमा स्पष्ट पार्दै क्याम्पसलाई विद्यार्थी तथा अभिभावकहरुको आर्कषण बढाउनका लागी उचित योजनाका साथ अगाडि बढेको बताए ।

कार्यक्रममा क्याम्पस प्रमुख नेत्रनारायण रेग्मीले क्याम्पसको समग्र शैक्षिक विषयवस्तुका बारेमा प्रष्ट पार्दै क्याम्पसमा शिक्षा र व्यवस्थापन संकायको अध्यापन हुँदै आएको बताए । क्याम्पसका ७१ जना विद्यार्थीले नगद २ देखि ६ हजारसम्म छात्रवृत्ति प्राप्त गरेका छन् ।



प्रतिक्रिया दिनुहोस !