ग्रामिण क्षेत्रमा बिजुली पुग्नेगरी सरकारले काम गरिरहेको छः राज्यमन्त्री तामाङ
काठमाडाैँ । ऊर्जा जलस्रोत तथा सिंचाई राज्यमन्त्री पूर्णबहादुर तामाङले ७७ जिल्लामा उज्यालो नेपालको अनुभुति दिनेगरी विद्युतीकरण गर्ने बताएका छन् ।
आइतवार ललितपुर निर्माण व्यवसायी संघले आयोजना गरेको एक कार्यक्रममा बोल्दै राज्यमन्त्री तामाङले यस्तो बताएका हुन्। उनले सरकारले ७७ जिल्लाका जनतालाई विद्युतको सुविधा पु¥याउने बताए । उनले जतिसुकै खर्च लागे पनि गरिव जनताको घरमा बिजुली बालेर छाड्ने संकल्प लिएको बताए ।
उनले मुलुकका जलविद्युत उत्पादनको सम्भावना राम्रो रहेको भन्दै उत्पादित विद्युत जनताको घरमा पु¥याउन आवश्यक रहेको बताए । उनले अहिले पनि ७७ जिल्लाका सबै ठाउँमा विद्युत पुग्न बाँकी रहेको भन्दै सरकारले चाँडै मुलुक विद्युतीकरण घोषणा गर्नेगरी काम गर्ने बताए । उनले मुलुकमा भएको ब्यापार घाटा कम गर्ने ऊर्जा क्षेत्रले धेरै महत्वपूर्ण भुमिका खेल्ने बताए ।