३ आश्विन २०८१, बिहिबार

प्रधानसेनापति ट्रफी प्रतियोगिता सुरू

प्रकाशित मिति :  15 September, 2024 6:21 pm


काठमाडाैँ । प्रधानसेनापति ट्रफी प्रतियोगिता सुरू भएको छ ।आइतवारबाट नेपाली सेनाको मुख्यालयमा प्रधानसेनापति ट्रफी प्रतियोगिता सुरू भएको हो ।

हरेक वर्ष नेपाली सेनाले प्रधानसेनापति ट्रफी प्रतियोगिता गर्दै आएको छ । सोही बमोजिम यस वर्ष पनि भदौ ३० गतेदेखि असोज १५ गतेसम्म प्रधानसेनापति ट्रफी प्रतियोगिता सञ्चालन हुने आइतवार पत्रकार सम्मेलनमार्फत नेपाली सेनाले जानकारी दिएको छ । प्रधानसेनापति ट्रफी प्रतियोगिताको प्रधानसेनापति अशोकराज सिग्देलले शुभारम्भ गरे ।

नेपाली सेनाले विभिन्न खेलकुद विधामा उत्कृष्ट खेलाडीहरू उत्पादन गर्ने अभिप्रायले २०६५ सालबाट ६ वटा विधाहरु समावेश गरी प्रधानसेनापति ट्रफी खेलकुद प्रतियोगिता सुरू गरेको थियो । यस वर्ष भने ८ विधा रहेको सेनाले जनाएको छ । जसमा फुटबल, भलिबल, बास्केटबल, तेक्वान्दो, बक्सिङ, पौडी, जुडो र एथ्लेटिक्स समावेश छन् ।

नेपाली सेनाका सक्कल दर्जाको शारीरिक तथा मानसिक पक्षको विकास गरी सक्षम, अनुशासित, शाहसिक, पेशेवर तथा नेतृत्वदायी भुमिका निर्वाह गर्नसक्ने फौज तयार गर्न खेलकुदले एक प्रेरणादायी भुमिका निर्वाह गरेको प्रधानसेनापति सिग्देलले बताए । खेलकुदले सैनिकको आत्मभरोसा अभिवृद्धि गरी सामुहिक भावनाको विकास गर्दै एकढिक्कापन कायम राख्न मद्दत गर्ने विश्वास पनि व्यक्त गरे ।



प्रतिक्रिया दिनुहोस !