२ आश्विन २०८१, बुधबार

यी प्रदेशमा भारी वर्षाको सम्भावना

प्रकाशित मिति :  16 September, 2024 7:07 am


काठमाडौँ । मनसुनको न्यून चापीय रेखाको पश्चिमतिर सरदर स्थानको उत्तर तर्फ र पूर्व तिर सरदर स्थानको आसापस अवस्थित रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाको जानकारी अनुसार सोमबार देशभर मनसुनी वायुको प्रभाव संगै पश्चिम बंगाल र आसपास रहेको न्यूनचापिय प्रणालीको आंशिक प्रभाव देखिएको छ।

महाशाखाको जानकारी अनुसार आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ। कोशी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। कोशी प्रदेशका तराई तथा मधेश प्रदेशका केही स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको छ।

त्यस्तै राति देशभर आंशिक देखि साधारणतया बदली रहने छ। बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरुमा तथा बाँकी प्रदेशका एक/दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेशका तराई तथा मधेश प्रदेशका थोरै स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !