२ आश्विन २०८१, बुधबार

ट्रम्प खेलिरहेको गल्फ क्लबनजिकै गोली चल्यो

प्रकाशित मिति :  16 September, 2024 7:43 am


काठमाडौँ । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प गल्फ खेलिरहेको क्लबनजिक गोली चलेको छ ।

फ्लोरिडाको गल्फ कोर्स बाहिर गोली चलेको तर ट्रम्प सुरक्षित रहेको उनको चुनावी अभियानमा खटिएको टोलीले विज्ञप्ति जारी गरी जानकारी गराएको छ ।

स्थानीय सञ्चारमाध्यमका अनुसार ट्रम्प इन्टरनेसनल गल्फ कोर्स बाहिर दुई जनाबीच गोली हानाहान भएको हो। प्रहरीले गल्फ कोर्स बाहिरको झाडीबाट एके ४७ बरामद गरेको छ।



प्रतिक्रिया दिनुहोस !