२ आश्विन २०८१, बुधबार

संवैधानिक परिषद्को बैठक बस्दै

प्रकाशित मिति :  16 September, 2024 7:55 am


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज संवैधानिक परिषदको बैठक बोलाएका छन् ।

बैठक साँझ पाँच बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारको नयाँ सचिवालयमा तय भएको हो।

आजको बस्ने बैठकमा प्रधानन्यायाधीश नियुक्तिको सिफारिस गर्ने कार्यसूची रहेको छ। रिक्त संवैधानिक निकायमा सिफारिसका लागि यसअघि शुक्रबार बसेको बैठक बिना निष्कर्ष टुंगिएको थियो ।

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले असोज १८ गतेदेखि अवकाश पाउँदैछन्।



प्रतिक्रिया दिनुहोस !