२ आश्विन २०८१, बुधबार

आज बस्ने प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने

प्रकाशित मिति :  16 September, 2024 8:46 am


काठमाडौँ । आज बस्ने प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने तयारी गरेका छन् ।

आज दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीले ओलीले सम्बोधन गर्ने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

माओवादी केन्द्रले हिंसा’ शब्द संसद्को रेकर्डबाट नहटाएसम्म अवरोध जारी राख्ने अडान राखेपछि हिजोको बैठक स्थगित भएको थियो । आज बस्ने बैठकका लागि माओवादी केन्द्र सकारात्मक भएपछि प्रधानमन्त्री ओलीले सम्बोधनको तयारी गरेका हुन् ।

आइतबार साँझ सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले सोमबार राति १२ बजेदेखि संसद्को चालु अधिवेशन अन्त्य गर्ने गरी राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।

त्यस्तै आजको बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्र पढेर सुनाउने कार्यसूची रहेको संसद् सचिवालयले जानकारी दिएको छ ।



प्रतिक्रिया दिनुहोस !