३ आश्विन २०८१, बिहिबार

कस्तो छ मंगलवारको मौसम?

प्रकाशित मिति :  17 September, 2024 6:29 am


काठमाडौँ।

मनसुनको न्यून चापीय रेखाको पश्चिमतिर सरदर स्थानको उत्तरतर्फ र पूर्वतिर सरदर स्थानको आसापस अवस्थित रहेको छ । देशभर मनसुनी वायुको प्रभाव संगै पश्चिम बंगाल र आसपास रहेको न्यूनचापिय प्रणालीको आंशिक प्रभाव देखिएको छ।

मंगलवार बिहानीपख देशभर आंशिक देखी साधारणतया बदली रहेको छ भने कोशी र बाग्मती प्रदेशका थोरै स्थानहरु र बाँकी प्रदेशका एक–दुई स्थानमा हल्का देखि मध्यम बर्षा भइरहेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आगामी २४ घण्टामा बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन–चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

मंगलवार सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी बर्षाको संभाबना रहेको छ भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशका प्रदेशका तराई भू–भागका केही स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको विभागले जनाएको छ ।

मौसम प्रभावित क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यसबाट ती क्षेत्रहरूमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ।



प्रतिक्रिया दिनुहोस !