३ आश्विन २०८१, बिहिबार

आज विश्वकर्मा पूजा

प्रकाशित मिति :  17 September, 2024 6:36 am


काठमाडौँ। आज विश्वकर्मा पूजा । दवदवताहरुका लागि शिल्प विशेषज्ञ तथा देवताका हातहतियार र भवनहरु निर्माता विश्वकर्माको पूजा आराधना गरी आज विश्वकर्मा पूजा पर्व मनाइँदै छ।

कालीगढहरुले कालीगढले विश्वकर्माको आराधना गर्दै आफ्ना मशिन तथा सामग्रीको पूजा गर्ने गर्दछन्। आजै वास्तु दिवस पनि मनाइँदै छ ।

आजका दिन कालीगढले उपयोगमा ल्याउने विभिन्न औजारका सामानमा पूजा आराधना गरेमा धेरै समय टिक्ने, कामका बेलामा नबिग्रने र राम्रो काम गर्न सकिनेलगायत गुण प्राप्त हुने धार्मिक विश्वास छ ।

प्रत्येक वर्ष आजको दिन, आश्विन सङ्क्रान्तिका दिन विभिन्न कलकारखानामा विश्वकर्मा भगवान्को बालुवाको मूर्ति वा तस्वीरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ ।

द्वापरयुगमा भगवान् कृष्णलाई राक्षसले दुःख दिएपछि विश्वकर्माले समुद्रका बीचमा ‘भेद द्वारका’ बनाइ लुकाएको धार्मिक विश्वास छ । एकैरातमा समुद्रका बीचमा ‘भेद द्वारका’ को निर्माण गरेकाले विश्वकर्मालाई सफल वास्तुविद्का रुपमा मानी त्यसै समयदेखि पूजाआजा गर्ने परम्परा बसेको धर्मशास्त्रमा उल्लेख छ ।

विश्वकर्माले निर्माण गरेको ‘भेद द्वारका’ अहिले पनि भारतको गुजरात राज्यमा समुद्रबीचमा रहेको विश्वास गरिन्छ । विश्वकर्मालाई वास्तु विद्याका विशिष्ट ज्ञाताका रुपमा मानिन्छ ।

आज नेपाल ज्योतिष परिषद्को केन्द्रीय कार्यालय डिल्लीबजारमा विशेष कार्यक्रम आयोजना गर्दछ। कार्यक्रममा वास्तु शास्त्रका विषयमा छलफल एवं प्रवचन कार्यक्रम गरिने कार्यक्रम रहेको छ।



प्रतिक्रिया दिनुहोस !