३ आश्विन २०८१, बिहिबार

लुम्बिनी प्रदेश सभाको चालु अधिवेसन अन्त्य

प्रकाशित मिति :  17 September, 2024 7:36 am


दाङ । लुम्बिनी प्रदेश सभाको चालु अधिवेशन सोमबार राती १२ वजेदेखि लागु हुनेगरी अन्त्य भएको छ । प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगरले चालु अधिवेसन अन्त्य गरेका हुन् ।

लुम्बिनी प्रदेश सरकार मन्त्री परिषद् बैठकले चालु अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुखलाई अनुरोध गर्ने निर्णय गरेको थियो । मुख्यमन्त्री चेतनारायण आचार्यको सिफारिसको आधारमा प्रदेश प्रमुख घर्तीमगरले संविधानको धारा १८३ को उपधारा २ बमोजिम चालु अधिवेसन अन्त्य गरेको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता धर्मा अर्याल बेल्वासेले जानकारी दिइन् ।

लुम्बिनी प्रदेशसभाको चालु अधिवेसनमा ३५ वटा बैठक बसेका थिए। यो अवधिमा प्रदेश सभाले स्थानिय सेवा विधेयक, विपद् व्यवस्थापन विधेयक, प्रदेश निजामती कर्मचारी संशोधन विधेयक र आर्थिक वर्ष २०८१्०८२ को वजेट खर्च गर्नका लागि बनेको विनियोजन विधेयक पारित गरेको थियो ।



प्रतिक्रिया दिनुहोस !