३ आश्विन २०८१, बिहिबार

आजदेखि मनकामना केबलकार ‘डिजिटल’ प्रविधिमा सञ्चालनमा आउने

प्रकाशित मिति :  17 September, 2024 8:03 am


काठमाडौँ । मनकामना केबलकार आजदेखि पुनः नियमित सञ्चालनमा आउने भएको छ । असार ३१ गतेदेखि मर्मतका लागि बन्द गरिएको मनकामनाको केबलकार आजदेखि पुनः सञ्चालनमा आउन लागेको हो ।

मनकमना दर्शन प्रालिद्वारा सञ्चालित नेपालको पहिलो ‘केबलकार’ अब ‘डिजिटल’ प्रविधिमा सञ्चालन हुनेछ । २६ वर्षदेखि ‘एनालग’ प्रविधिका माध्यमबाट सञ्चालन हुँदै आएको केबलकार ‘डिजिटल’ प्रविधिमा रुपान्तरण गर्ने कार्य सम्पन्न भएको मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिए ।

अष्ट्रियाको डोप्पलमेयर कम्पनीका इन्जिनियर तथा प्राविधिकको सुपरिवेक्षणमा डिजिटल प्रविधिमा रुपान्तरण गर्ने काम सम्पन्न भएको उनले बताए ।

मनकामना मन्दिर दर्शनका लागि आउने दर्शनार्थीको सहजताका लागि विसं २०५५ मङ्सिर ८ गतेदेखि केबलकार सञ्चालनमा ल्याइएको थियो ।



प्रतिक्रिया दिनुहोस !