३ आश्विन २०८१, बिहिबार

कृषि क्षेत्रका समस्या छिटै समाधान गर्छौंः कृषिमन्त्री अधिकारी

प्रकाशित मिति :  17 September, 2024 2:15 pm


काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले किसान र कृषि मन्त्रालयबीचको दूरी कम गर्नेगरी काम गरिरहेको बताए ।

मंगलबार काठमाडौंमा बल्खु कृषि तथा तरकारी बजारको १३ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले य कृषि क्षेत्र र किसानका बीचमा धेरै समस्या रहेको भएपनि किसान र मन्त्रालयबीच समन्वय नहुँदा समस्या समाधान हुन नसकेको बताए ।
मन्त्री अधिकारीले भने कृषिमा धेरै किसिमका समस्याहरु छन् । तर किसान र मन्त्रालय तथा कृषि मन्त्रालय अन्तर्गतका निकायहरुबीच भेटघाट छैन । कृषिका कर्मचारीहरु कस्ता छन् ग्रामिण क्षेत्रका किसानहरुले देखेका पनि छैनन् । देशभरका किसानहरुको लागि कृषि मन्त्रालय हो तर सरकार सच्चा किसानहरुको बीचमा पुगेर सल्लाह दिनसकेका छैनौं ।

कृषि मन्त्री अधिकारीले मुलुकमा जीविकोपार्जन, विहान बेलुका दुई छाक टार्ने र ठूलो परिणाम व्यवसायिक उत्पादन गर्ने किसान गरी तीन प्रकारका किसानहरु रहेको उल्लेख गर्दै किसान र मन्त्रालयबीचको दूरी नजिक बनाउनुपर्ने आवश्यकता देखिएको बताए ।

उनले सरकारले उत्पादनमा जोड दिन नसके र समयमा मल बीउको व्यवस्थापन गर्न नसके भने आयातमा निर्भर बन्नुपर्ने अवस्था आउने बताए ।



प्रतिक्रिया दिनुहोस !