३ आश्विन २०८१, बिहिबार

बालेनको फोटो अंकित टिसर्ट लगाएर बसन्तपुर पुगेकाहरु प्रहरी नियन्त्रणमा

प्रकाशित मिति :  17 September, 2024 3:18 pm


काठमाडौं । बसन्तपुरबाट काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहका १३ जना सर्मथक पक्राउ परेका छन् ।

इन्द्रजात्राको अवसरमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको फोटो अंकित टिसर्ट लगाएर वसन्तपुर क्षेत्र पुगेकाहरुलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रहरीकाअनुसार बालेनको टिसर्ट लगाएका १३ जनालाई प्रहरीले नियन्त्रणमा लिएर प्रहरी वृत्त जनसेवामा राखिएको छ । बालेन समर्थक र केही स्थानीयबीच विवाद भएपछि झडप हुने अवस्था नआओस् भनेर उनीहरुकै सुरक्षाको लागि नियन्त्रणमा लिएको काठमाडौं प्रहरी परिसरले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !