४ आश्विन २०८१, शुक्रबार

आज विश्वासको मत लिँदै कोशी प्रदेशका मुख्यमन्त्री कार्की

प्रकाशित मिति :  18 September, 2024 11:00 am


काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज दोस्रोपटक विश्वासको मत लिँदै छन् ।

गत वैशाख २७ गते माओवादी र एमालेका प्रदेश सभा सदस्यको समर्थनमा मुख्यमन्त्री बनेका कार्की माओवादीले समर्थन फिर्ता लिएपछि पुनः विश्वासको मत माग्न लागेका हुन् ।

सङ्घीय सरकारमा गठबन्धन परिवर्तन भएसँगै कोशीमा पनि गठबन्धन परिवर्तन भएको थियो ।

राजनीतिक परिर्वतनसँगै माओवादी सत्ता बाहिर गएपछि कोसी प्रदेशका मुख्यमन्त्रीलाई दिएको विश्वासको मत फिर्ता लिएको थियो ।

संविधानको धरा १६८९५० अन्तरगत मुख्यमन्त्री नियुक्त भएका कार्कीलाई माओवादी भदौ १४ गते समर्थन र विश्वासको मत फिर्ता लिएको थियो ।

कोशी प्रदेश सरकारको मुख्यमन्त्रीमा कार्कीले पहिलो पटक वैशाख ३१ गते विश्वासको मत लिएका थिए ।

गठबन्धन परिवर्तन भएसँगै अहिलेको सरकारसँग दुई तिहाइ बहुमत रहेको छ । कोशी प्रदेश सभामा एमालेका सभामुख सहित २० र नेपाली काँग्रेसका २९ जना प्रदेश सभा सदस्य रहेका छन् ।



प्रतिक्रिया दिनुहोस !