३ आश्विन २०८१, बिहिबार

शिक्षा ऐन छिट्टै टुंग्याउछौँः महामन्त्री थापा

प्रकाशित मिति :  18 September, 2024 2:26 pm


काठमाडाैँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले आागमी संसदको शुरुवातमै शिक्षा ऐनलाई पारित गर्नेगरी तयारी भइरहेको बताएका छन् ।

बुधवार काठमाडौंको मुलपानीमा आयोजित राष्ट्रिय शिक्षा दिवसको अवसरमा उनले सरकारको न्युनतम साझा कार्यक्रममा पनि शिक्षा ऐनलाई चाँडै पारित गर्नेगरी प्रश्ताव अघि बढाइएको बताए ।

उनले शिक्षा ऐन दशैँ तिहार लगत्तै शुरु हुने संसदको हिउँदे अधिवेशनको शुरुवातमै पारित गर्नेगरी अघि बढ्ने तयारी रहेको उल्लेख गरे ।

सरकारको न्युनतम साझा कार्यक्रम आज साँझ सार्वजनिक गर्ने तयारी रहेको उनले जानकारी दिए । नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी लगायत समितिमा सहभागी राजनीतिक दलहरुले दलगत हिसावमा समूह बनाएर सहमतिले पारित गर्नेगरी अघि बढ्न आफूले सुझाव दिएको उनकाे भनाइ छ ।

उनले उक्त समितिलाई दुई महिनाको समय दिएर समस्या सुझाउने प्रयास गर्न र सहमति जुटाउनसके छिटै शिक्षा विधेयक पारित हुने बताए ।

महामन्त्री थापाले केही समयभित्रै शिक्षा ऐनलाई टुंग्याउने प्रतिवद्धता व्यक्त गरे ।



प्रतिक्रिया दिनुहोस !