३ आश्विन २०८१, बिहिबार

तुलसीपुर बहुप्राविधिक शिक्षालय बन्यो देशकै उत्कृष्ट

प्रकाशित मिति :  18 September, 2024 3:23 pm


दाङ । तुलसीपुर उपमहानगरपालिकाले सञ्चालन गरेको तुलसीपुर बहुप्राविधिक शिक्षालय देशकै उत्कृष्ट शिक्षालय बनेको छ । राष्ट्रिय शिक्षा दिवसको अवसर पारेर शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मान गरेका हुन् ।

एक लाख राशीसहित प्रधानमन्त्री ओलीबाट शिक्षालय सञ्चालक समितिका अध्यक्ष टीकाराम खड्का र शिक्षालय प्रमुख वसन्त आचार्य सम्मानित भएका हुन् ।

प्राविधिक शिक्षाको गुणस्तर र नतिजाका साथै विभिन्न क्रियाकलापका आधारमा शिक्षालयलाई उत्कृष्ट घोषणा गरिएको शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले बताइन् ।

तुलसीपुर उपमहानगरपालिकाले सञ्चालन गरेको शिक्षालयले डिप्लोमा तहका विभिन्न ६ वटा कार्यक्रम र प्रिडिप्लोमा तहका ३ वटा कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

शिक्षालयलाई नेपालकै नमनुाकारुपमा सञ्चालन गर्नका लागि पुरस्कार र सम्मानले थप प्रेरणा दिएको शिक्षालय सञ्चालक समितिका अध्यक्ष एवम् तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टीकाराम खड्काले बताए ।



प्रतिक्रिया दिनुहोस !