३ आश्विन २०८१, बिहिबार

संविधान संशोधन दुई दलले मात्रै सम्भव छैन, इगो बिर्सिएर सबै दल एक ठाउँमा आउनुस्ः पर्यटनमन्त्री पाण्डे

प्रकाशित मिति :  18 September, 2024 5:25 pm


काठमाडाैँ ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले संविधान संशोधन दुई दलले मात्रै गरेर सम्भव नहुने बताएका छन् ।

बुधवार काठमाडौँमा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको संविधान र संस्कृति विषयक अन्तरक्रियामा बोल्दै उनले देश गम्भीर संकटमा रहेकाले नेपाली काँग्रेस र नेकपा एमाले एक ठाउँमा उभिनुपरेको बताएका हुन्। उनले काँग्रेस र एमाले एक ठाउँमा उभिनुलाई राजनीतिक रूपमा मात्रै बुझ्न नहुने बताए ।

उनले साना दलहरूलाई खुम्च्याउने, ठूला दुई दलको सिण्डिकेट कायम गर्ने भन्ने जस्ता भ्रम फैल्याएर राजनीतिलाई कतैतिर केन्द्रित गर्ने ढंगले भ्रम फिँजाइएको बताए ।उनले ०८४ मा दुई दल प्रतिष्पर्धा गर्नेकुरा अवश्यम्भावी रहेको उल्लेख गर्दै आफ्नो इगोलाई बिर्सिएर देश विकासमा लाग्न सबै राजनीतिक दलहरुलाई आह्वान गरे । आफ्ना आग्रह र पूर्वाग्रहहरूलाई, प्रतिष्पर्धालाई युद्धविराम गरेर नै काँग्रेस र एमालेले देशको नेतृत्व गरिरहेको बताए ।

देशभक्तिको स्वार्थमा सबै केन्द्रित हुनसके संविधानले बोकेको संस्कृतिको सम्मान हुने बताए ।



प्रतिक्रिया दिनुहोस !