३ आश्विन २०८१, बिहिबार

बिहीवार कोशी र बागमतीका पहाडी भेगमा वर्षा हुने, बाँकी स्थानमा मौसम सफा रहने

प्रकाशित मिति :  19 September, 2024 6:08 am


काठमाडौँ। मनसुनको न्यून चापीय रेखाको पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।

बिहीवार बिहानीपख देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मूख्यतया सफा रहेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आगामी २४ घण्टामा कोशी र बागमती प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरु तथा बाँकी पहाडी भू–भागको एक–दुई स्थानमा मेघ गर्जन–चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।



प्रतिक्रिया दिनुहोस !