३ आश्विन २०८१, बिहिबार

संविधान दिवसको शुभकामना दिदैँ प्रधानमन्त्री ओलीले भने: स्वतन्त्रताको उपभोग गरेर भविष्य सुरक्षित गर्नुपर्छ

प्रकाशित मिति :  19 September, 2024 8:57 am


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज संविधान दिवसको अवसरमा सम्पूर्ण नेपाली जनसमुदायलाई शुभकामना व्यक्त गर्दै संविधानको महत्वलाई प्रस्ट्याएका छन्। संविधानलाई दशकौं लामो संघर्ष र सयौंको बलिदानको प्रतिफलको रूपमा वर्णन गर्दै उनले जनताले आफैंले निर्माण गरेको संविधानलाई संरक्षण गर्नुपर्नेमा जोड दिएका छन्।

उनले संविधानले सबै वर्ग, समुदाय, भूगोल, लिङ्ग, जाति, र धर्मका भावनाहरूलाई सम्मान र संरक्षण दिएको उल्लेख गर्दै भने, “यसको संरक्षण गरेर मात्र हामीले उपभोग गरेका अधिकारहरूको रक्षा हुन सक्छ।” ओलीले निरङ्कुश शासनका दिनहरूको सम्झना गर्दै वर्तमान पुस्तालाई स्वतन्त्रताको महत्त्व नबिर्सन आग्रह गरे।

प्रधानमन्त्री ओलीले संविधानले प्रदान गरेको स्वतन्त्रताको प्रयोग गरेर भविष्यलाई सुरक्षित बनाउनुपर्ने कुरामा जोड दिँदै सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनीलाई संविधान दिवसको शुभकामना व्यक्त गरेका छन्।

नेपालले प्रत्येक वर्ष असोज ३ गते संविधान दिवस मनाउँदै आएको छ, जसले संविधानसभाबाट निर्माण गरिएको नेपालको पहिलो संविधानलाई सम्मान गर्दै संविधानले मुलुकलाई नयाँ युगतर्फ प्रवेश गराएको ऐतिहासिक दिनको सम्झना गर्दछ।



प्रतिक्रिया दिनुहोस !