३ आश्विन २०८१, बिहिबार

लेबनानमा पेजर विस्फोटमा ८ जनाको मृत्यु, २ हजार ८ सय बढी घाइते

प्रकाशित मिति :  19 September, 2024 8:57 am


काठमाडौँ । लेबनानका विभिन्न इलाकामा आफ्ना पेजरहरू विस्फोट हुँदा आठ जनाको मृत्यु भएको छ । साथै हिज्बुल्लाह सदस्यहरू सहित अन्य २ हजार ८ सय भन्दा बढी घाइते भएको लेबनानी स्वास्थ्यमन्त्री फिरास अबियादले बताए ।

मारिनेमा हिज्बुल्लाह सांसद अली अम्मारका छोरा र लेबनानका लागि इरानी राजदूत मोजताबा अमानी घाइते भएका छन् । इजरायली सेनाले यी पेजरहरूको ब्याट्रीलाई निशाना बनाएर विस्फोट गराएको रिपोर्टमा भनिएको छ ।

लेबनानका प्रधानमन्त्री नजिब मिकातीले जनस्वास्थ्य मन्त्रालयका सबै विभागहरूलाई घाइतेहरूको उपचारको लागि आग्रह गरेका छन । मन्त्रालयको आपतकालीन अपरेशन सेन्टरले लेबनानका सबै अस्पतालहरूलाई उच्च शतर्कतामा रहन र आपतकालीन स्वास्थ्य सेवाहरूको ठूलो आवश्यकता पूरा गर्न तयारी बढाउन आग्रह गरेको छ ।



प्रतिक्रिया दिनुहोस !