४ आश्विन २०८१, शुक्रबार

संविधानमा रहेको त्रुटीलाई संशोधनमार्फत सच्याउन सकिन्छः मुख्यमन्त्री सिंह

प्रकाशित मिति :  19 September, 2024 12:48 pm


काठमाडाैँ । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले संविधानमा रहेको त्रुटीलाई संशोधनमार्फत सच्याउन सकिने बताएका छन् ।

मधेसको गृहसञ्चार तथा कानून मन्त्रालयले प्रदेश सरकार स्थापना भएको ८ वर्षपछि पहिलो पटक संविधान दिवसको अवसरमा औपचारिक रुपमा आयोजना गरेको कार्यक्रममा बोल्दै मुख्यमन्त्री सिंहले संविधान अपरिवर्तनिय दस्तावेज नरहेकाले संशोधनमार्फत त्रुटीहरू सच्याउन सकिने बताएका हुन् ।

अहिले प्रदेश सरकारलाई मजबुत बनाउन आवश्यक रहेको बताए । उनले अहिले संविधानको बिरोधभन्दा पनि संविधानबाट प्राप्त उपलब्धिको रक्षा तथा संस्थागत गर्नतर्फ केन्द्रित हुनु हरेक नेपालीको कर्तव्य रहेको बताए ।

“प्रदेश सरकार समृद्ध भए संघियताप्रतिको विश्वास पनि बिस्तारै बढ्दै जानेछ, संविधान भित्र रहेको त्रुटी संशोधनमार्फत सबैको संविधान बनाउनेतर्फ केन्द्रित हुनुपर्छ । अहिले संविधानलाई पूर्ण बनाउन संशोधनको आवश्यकता छ, जुन दल संशोधन सुन्नसम्म चाहँदैन थियो तिनै दलहरू अहिले संशोधनका लागि तयार छन्, यसको फाइदा हामीले लिन सक्नुपर्छ,” उनले भने । 

प्रदेश सरकारले संविधान दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा प्रदेश सरकारमा लोसपा बाहेकका सबै दलका मन्त्रीहरु सहभागी भएका थिए । लोसपाले संविधान दिवसको बिरोधमा आज कालो दिवस मनाइरहेको छ ।



प्रतिक्रिया दिनुहोस !