३ आश्विन २०८१, बिहिबार

अन्नपूर्ण न्यूरो अस्पताललाई हानिकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको समय

प्रकाशित मिति :  19 September, 2024 1:49 pm


काठमाडौँ । काठमाडौँ महानगरपालिकाले अन्नपूर्ण न्यूरो अस्पताल माइतीघरलाई हानिकारक फोहर व्यवस्थापनमा अहिलेको अवस्थालाई सुधार गर्न ७ दिनको समय दिएको छ ।

वातावरण व्यवस्थापन विभागको नेतृत्वमा स्वास्थ्य विभाग, महानगर प्रहरी बलसहितको अनुगमन टोलीले फोहर उत्पादन स्थल, उत्पादन हुँदा वर्गीकरण, फोहर जम्मा गर्ने, जम्मा भएको फोहर संकलन केन्द्रसम्म ढुवानी, निर्मलीकरण र अन्तिम व्यवस्थापनमा हानीकारक फोहरको अवस्था हेरेको थियो ।

अस्पतालले फोहर व्यवस्थापनका लागि आफ्नो कार्ययोजना बनाएको नपाएकाे र आकस्मिक कक्ष, शल्यक्रिया कक्ष, वार्ड, प्रयोगशालासहितका स्थानमा हेर्दा फोहर वर्गीकरणमा एकरुपता नदेखिएकाे महानगरले जनाएकाे छ ।

यो अवस्था देखिसकेपछि अनुगमन टोलीले हानीकारक फोहरलाई सामान्य फोहरमा मिसिनबाट रोक्न, संक्रमित फोहर निर्मलीकरणको प्रबन्धमा सामान्य फोहर हटाउन, अस्पताल सञ्चालन अनुमति लिँदा पेश गरिएको क्षेत्र विभाजन सम्बन्धी कागजपत्र पेश गर्न निर्देशन दिएको महानगरले जनाएकाे छ ।



प्रतिक्रिया दिनुहोस !