४ आश्विन २०८१, शुक्रबार

प्रतिनिधि सभा प्रत्यक्ष निर्वाचितको मात्रै बनाऔँः सांसद खतिवडा

प्रकाशित मिति :  20 September, 2024 7:09 am


काठमाडौँ । नेपाली काँग्रेसका सांसद तथा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरी खतिवडाले प्रतिनिधि सभालाई प्रत्यक्ष निर्वाचितको मात्रै सभा बनाउनुपर्ने बताएका छन्।

बिहीवार कार्ल विक्रम थापाद्वारा लिखित ‘अमेरिकाको सङ्क्षिप्त इतिहास र संविधान’ पुस्तक लोकार्पण तथा विमर्श कार्यक्रममा बोल्दै सांसद खतिवडाले प्रतिनिधि सभालाई प्रत्यक्ष निर्वाचित सदस्यहरुको मात्रै सभा बनाउनुपर्ने बताएका हुन ।

उनले प्रत्यक्ष निर्वाचनमै महिला, दलित अथवा विभिन्न जातजातिलाई सिट दिएर सोही क्लस्टरले मात्र आपसी प्रतिष्पर्धा गराउन सकिने बताए । उनले समानुपातिक सदस्यहरुलाई राष्ट्रिय सभामा लानुपर्ने बताए ।

उनले राष्ट्रिय सभाबाट पनि प्रधानमन्त्री बनाउन सकिने गरी संविधान संशोधन गर्नुपर्ने बताउनु बताए । उनले शासकीय स्वरुप परिवर्तन गर्नका लागि संविधान संशोधन गर्ने बेला आइसकेको बताए ।



प्रतिक्रिया दिनुहोस !