४ आश्विन २०८१, शुक्रबार

चार संसदीय समितिको बैठक बस्दै

प्रकाशित मिति :  20 September, 2024 7:59 am


काठमाडौँ । आज विभिन्न चार संसदीय समितिको बैठक बस्दै छ । जसअनुसार बिहान ११ बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दैछ ।आजको बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० माथि संशोधनकर्तासँग छलफल गर्ने कार्यसूची रहेको छ ।

त्यस्तै बिहान ११ बजेनै सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दैछ । बैठकमा मा राष्ट्रिय निकुञ्जको अवलोकन सम्बन्धी विषयमा छलफल हुनेछ ।

विधायन व्यवस्थापन समितिको बैठक बिहान ११ः३० बजे बोलाइएको छ। बैठकमा कार्यपरामर्श उपसमिति पुनर्गठनका विषयमा छलफल हुनेछ ।

दिउसो १ बजे राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको संयुक्त बैठक बस्नेछ । सो बैठकमा राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वका सम्बन्धमा नीति अनुसन्धान प्रतिष्ठानसँग छलफल गर्ने कार्यसूची रहेको छ ।



प्रतिक्रिया दिनुहोस !