४ आश्विन २०८१, शुक्रबार

पलेशा र एरिकालाई वागमती सरकारको सम्मान

प्रकाशित मिति :  20 September, 2024 10:34 am


काठमाडाैँ । पेरिस पारालिम्पिक्समा ऐतिहासिक काँस्य विजेता पलेशा गोवद्र्धन र एशियाली खेलकुदमा रजत विजेता एरिका गुरूङलाई वागमती सरकारले आज नगदसहित सम्मान गरेको छ ।

हेटौँडामा आयोजित कार्यक्रममा नेपालको लागि अहिलेसम्मकै ठूलो पदक विजेता पलेशालाई नगद १० लाख प्रदान गरी सम्मान गरिएको हो । प्रशिक्षक कविराज नेगी लामालाई २ लाख प्रदान गरिएको छ ।

यसैगरी एशियाली खेलकुदमा नेपाललाई रजत दिलाएकी एरिकाई ५ लाखसहित सम्मान गरिएको छ । एरिका एसियन च्याम्पियनसिपमा भाग लिन चीनमा रहेको कारण उनकी माता रत्ना गुरुङले सम्मान ग्रहण गरेका हुन् । उनका प्रशिक्षक कुशल श्रेष्ठलाई एक लाखसहित सम्मान गरिएको छ । यसैगरी तेक्वान्दो र करातेको प्रदेश संघलाई नगदबाट सम्मान गरिएको हो । कार्यक्रम अघि पलेशा र उनका प्रशिक्षक लामालाई नगर परिक्रमा गराइएको थियो ।



प्रतिक्रिया दिनुहोस !