४ आश्विन २०८१, शुक्रबार

संविधान पूर्ण रूपमा सफल नभएको जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको भनाइ

प्रकाशित मिति :  20 September, 2024 10:45 am


काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधानसभाले बनाएको संविधान पूर्ण रूपमा सफल नभएको टिप्पणी गरेका छन्। संविधानले नौ वर्ष पूरा गरि दशौँ वर्षमा प्रवेश गर्दा पनि सम्पूर्ण समुदायले यो संविधानलाई आफ्नो भन्न नसकेको उनको दाबी छ।

उनले संविधानलाई केही लेखन्दासहरूले लेखेको मात्र भन्दै, संविधानको संशोधन र पुनःलेखन आवश्यक रहेको बताए। यादवका अनुसार संविधानको सुरूवात नै विभेदकारी थियो, जसले मधेस आन्दोलनको योगदानलाई बेवास्ता गर्यो। उनले संविधान कार्यान्वयनमा थुप्रै कानुनी ढिलाइ भएको बताउँदै, ९ वर्षको अवधिमा संघीयताका लागि आवश्यक कानूनहरू बन्न नसकेको, प्रदेशहरूलाई अधिकारसम्पन्न बनाउन नसकिएको र प्रशासनिक व्यवस्थामा समस्या रहेको बताए।

यादवले भने, “यो संविधानलाई सफल भन्न मिल्दैन, किनकि सबै समुदायहरूले आफ्नो संविधानको रूपमा यसलाई स्वीकृति दिएको छैन। संविधानको पुनरावलोकन गरेर सबै समुदायको समावेशी प्रतिनिधित्व सुनिश्चित गर्नुपर्छ।”



प्रतिक्रिया दिनुहोस !