४ आश्विन २०८१, शुक्रबार

नागढुङ्गाबाट लागुऔषधसहित दुई जना पक्राउ

प्रकाशित मिति :  20 September, 2024 11:54 am


काठमाडौँ । काठमाडौँको चन्द्रागिरी नगरपालिका वडा नम्बर २ स्थित नागढुङ्गा चेक प्वाइन्टबाट लागुऔषधसहित दुई जना प्रकाउ परेका छन् । प्रहरी प्रभाग नागढुङ्गा र लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय नागढुङ्गाको संयुक्त टोलीले चेकजाँचका क्रममा दुई जनालाई लागुऔषधसहित पक्राउ गरेको हो ।

काकड्भिट्टादेखि काठमाडौँ आउँदै गरेको बा.प्र. ०१-००६ ख ५६५३ नम्बरको यात्रुवाहक बसको ३ र ४ नम्बर सिटमा सवार व्यक्तिहरुको शंका लागि चेकजाँच गर्दा खैरो हिरोइनजस्तो देखिने २० ग्राम लागुऔषध फेला परेको हो।

पक्राउ परेका व्यक्तिहरूमा नुवाकोट बिदुर नगरपालिका वडा नम्बर ५ बस्ने २९ वर्षीय सन्तोष पौडेल र गोरखा शहिद लखन गाउँपालिका वडा नम्बर ६ की २५ वर्षीया सीमा गुरुङ रहेका छन्। उनीहरूको साथबाट ३ थान मोबाइल पनि बरामद गरिएको छ। यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी वृत्त थानकोटले जानकारी दिएको छ।



प्रतिक्रिया दिनुहोस !