४ आश्विन २०८१, शुक्रबार

कार्यवहाक प्रधानमन्त्रीको जिम्मेवारी प्रकाशमान सिंहलाई

प्रकाशित मिति :  20 September, 2024 1:06 pm


काठमाडौं । उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी पाएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसंघ महासभाको ७९औँ महासभामा भाग लिन न्यूयोर्क प्रस्थान गरेसँगै सिंहलाई प्रधानमन्त्रीको सिफारिसरमा कार्यवाहकको जिम्मेवारी दिइएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री ओलीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य नेपालको संविधानबमोजिम उपप्रधानमन्त्री सिंहलाई तोकिएको बताएका छन् ।



प्रतिक्रिया दिनुहोस !