४ आश्विन २०८१, शुक्रबार

कात्तिक ८ गतेदेखि ४ दिने गोदावरी फूल मेला हुने

प्रकाशित मिति :  20 September, 2024 1:16 pm


काठमाडौँ । गोदावरी फूलको व्यवसायीक विकास, विस्तार तथा प्रवर्द्धन गर्ने उदेश्यले १७ औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी यहि २०८१ कार्तिक ८ देखि ११ गतेसम्म ४ दिन जावलाखेलको खेल मैदान, ललितपुरमा आयोजना हुने भएको छ ।

पुष्प व्यवसाय प्रवद्र्धनका सम्वन्धमा समय अनुकूल पुष्पको जातिय विकास एवं गुणस्तरिय उत्पादनमा सहयोग पु¥याउनका लागि प्रदर्शनी आयोजना गर्न लागिएको आयोजक फ्लोरीकल्चर एसोसिएशन अफ नेपालले जनाएको छ ।

नजिकै आइरहेको तिहार पर्व तथा छठलाई समेत लक्षित गरी गोदावरी पुष्प मेला तथा प्रदर्शनी गर्न लागिएको हो । उक्त प्रर्दशनीको बुकिङका लागि २०८१ असोज ६ गते देखि कार्तिक ७ गतेसम्म खुल्ला गरिने आयोजकले जनाएको छ । उक्त स्टलका लागि फ्यान सदस्यहरूको लागि प्रति स्टल शुल्क रु.२० हजार, गैर सदस्यहरूको लागि प्रति स्टल शुल्क रु. ३० हजार कायम गरिएको आयोजकले जनाएको छ ।

आयोजकका अनुसार स्टल बुक गर्दा तोकिएको प्रति स्टल वापत लाग्ने शुल्क सत प्रतिशत भाडा अग्रिम बुझाउनु पर्ने छ भने प्रदर्शनीमा भाग लिने सदस्यको आ.ब. २०८१\०८२ को फ्यान सदस्यता नबिकरण भएको समेत हुनुपर्ने छ । मेला स्थलमा स्टल सजावट कार्य २०८१ कार्तिक ७ गते बिहान ८ बजे देखि खुल्ला हुने छ । मेला उद्घाटन मिति २०८१ कार्तिक ८ गते बिहिबार ११.०० बजे हुनेछ भने मेला समापन २०८१ कार्तिक ११ गते बेलुका ५.०० बजे हुने एसाेसिएनले जनाएकाे छ ।

पुष्प व्यवसायीहरुलाई व्यवसाय प्रवद्र्धनमा हौसला प्रदान गर्ने र व्यवसायिहरू बिच प्रतिस्पर्धात्मक भावनाको विकास गरी गुणस्तरिय उत्पादनमा टेवा पुर्याउनु प्रदर्शनीको उद्धेश्य रहेको छ ।

हाल पुष्प उत्पादक कृषकहरुको आफ्ना उत्पादनको बजार क्षेत्र सिमित रहेको सन्दर्भमा यस प्रकारको प्रदर्शनीको आयोजनाबाट पुष्पप्रेमी उपभोक्ता बढन जाने भई बजार विस्तार गर्न प्रदर्शनीले सघाउने अपेक्षा आयाेजककाे छ ।



प्रतिक्रिया दिनुहोस !