४ आश्विन २०८१, शुक्रबार

विधायन व्यवस्थापन समितिले दशैँअघि नै दुई विधेयकमाथिको छलफल सक्ने

प्रकाशित मिति :  20 September, 2024 4:04 pm


काठमाडाैँ । राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिले मिडिया काउन्सिल र नवीकरणीय ऊर्जा सम्बन्धी विधेयकलाई आगामी दशैँ अगाडी नै छलफल गरिसक्ने भएको छ ।

शुक्रवार बसेको समितिको बैठकपछि न्युज एजेन्सी नेपालसँग कुरा गर्दै समिति सभापति तुलसाकुमारी दाहालले समितिमा भएका चारवटा विधेयकहरूमध्ये मिडिया काउन्सिल विधेयक र नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ लाई दशैँ अगाडी नै छलफल गरेर सक्ने बताएकी हुन् ।

उनले आजको(शुक्रबार)को बैठकमा नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ माथि दफावार छलफल भएको र यसको छलफललाई निरन्तरता दिने बताइन् । समितिले कार्य परामर्श उपसमितिलाई पुनःगठन गर्ने निर्णय गरेको छ । 

समितिले समितिको नयाँ सभापति निर्वाचित भएर आएको सन्दर्भमा समितिको अवस्थाको बारेमा छलफल गरी समितिको कार्यविधि आगामी बैठकमा पारित गर्ने निर्णय पनि गरेको सभापति दाहालले जानकारी दिइन् ।



प्रतिक्रिया दिनुहोस !