४ आश्विन २०८१, शुक्रबार

कला, साहित्यले समाजलाई सभ्य बनाउँछ : उद्योगमन्त्री भण्डारी

प्रकाशित मिति :  20 September, 2024 5:41 pm


काठमाडाँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले मौलिक कला संस्कृतिहरुले समाजलाई सभ्य बनाउने बताएका छन् । उपमा सञ्चार समूहले काठमाडाैँमा आयोजना गरेको श्रष्ठा सम्मान कार्यक्रममा बोल्दै उनले कलाकारहरूका राम्रा श्रृजनाले समाजलाई सहि बाटोमा डोर्याउन मदत पु¥याएको बताएका हुन् ।

उनले भने, “कलाकारका श्रृजनाहरूलाई सबैले मन पराउँछन्, तपाईहरुका कयौ प्रतिभाहरु उच्च प्रशंसा गर्न लायक छन् । कला साहित्य हाम्रो पहिचान हो । तपाईका श्रृजनाहरुले मनोरञ्जन प्रदान गर्नुका साथै समाजलाई सहि मार्गमा डो¥याउन मदत पुर्याएको छ । तपाईहरु आम जनताको मन मस्तिस्कमा बस्ने श्रृजनाहरू ल्याउनुस मेरो सुभकामना छ । तर कतिपय गीतहरू पारिवारिक माहोलमा सुन्न नसकिने खालका छन् । यसलाई निरुत्साहित गर्नुस् ।”

उपमा सञ्चार समूहले २ दर्जन बढी कलाकारहरुलाई सम्मान तथा अभिनन्दन गरेको छ । कलाकारको प्रतिभाहरूको उच्च कदर गर्दै एक समारोहका बिच सम्मान गरिएको आयोजकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !