६ आश्विन २०८१, आइतबार

प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिवबीच भेटवार्ता

प्रकाशित मिति :  22 September, 2024 7:13 am


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरेसबीच भेटवार्ता भएको छ।

संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिन न्यूयोर्कमा पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले शनिवार साँझ राष्ट्रसंघ भवनमा महासचिव एन्टेनियो गुटेरेससँग भेटवार्ता गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

भेटमा संक्रमणकालीन न्यायदेखि जलवायु न्यायलगायत महत्वपूर्ण विषयमा छलफल भएको थियो ।

राष्ट्रसंघको महासभा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली शुक्रबार अमेरिका प्रस्थान गरेका थिए । प्रधानमन्त्री ओलीले १० गते महासभालाई सम्बोधन गर्नेछन्। प्रधानमन्त्री ओली १४ गते स्वदेश फर्किनेछन् ।



प्रतिक्रिया दिनुहोस !