६ आश्विन २०८१, आइतबार

असोज १२ गतेदेखि सार्वजनिक सवारीसाधनको अग्रिम टिकट बुकिङ खुला गर्ने तयारी

प्रकाशित मिति :  22 September, 2024 11:15 am


काठमाडौँ । असोज १२ गतेदेखि दशैँका लागि सार्वजनिक सवारीसाधनको अग्रिम टिकट बुकिङ खुला गरिने तयारी भइरहेको छ ।

अग्रिम टिकट खुलाउने विषयमा पटक–पटक छलफल भएपनि सरकार र यातायात व्यवसायीबिच सहमति जुट्न सकेको छैन । यातायात व्यवसायीहरुले भने १२ गतेदेखि टिकट बुकिङ खुला गर्ने तयारी गरेका छन् ।

शनिवार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घबिच भएको बैठकले यातायात व्यवस्था विभागसँग छलफल गरी १० गतेभित्र सडक मर्मतसम्भार गरी अग्रिम टिकट बुकिङ खुला गर्ने विषयमा छलफल भएपनि निष्कर्ष विहीन हुँदै टुङ्गियोको थियो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको बैठक आज पुन बस्नै छ । शनिवार भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालको अध्यक्षतामा बसेको बैठकले व्यवसायीका मागका सम्बन्धमा सातबुँदे निर्णय गरेको थियो। बैठकले सडक विभाग अन्तर्गतका सबै सडक घटस्थापनाअगावै मर्मतसम्भार गर्न निर्देशन गरेको छ।

बिपी राजमार्गमा सडक सुरक्षाका लागि पूर्व निर्धारित साना सवारी मात्र सञ्चालन गर्ने र रात्रि सवारी सञ्चालन रोक्न गृह मन्त्रालय र नेपाल प्रहरीलाई अनुरोध गर्ने र यातायात व्यवस्था विभागले त्यसको अनुगमन गरी यातायात मन्त्रालयलाई रिपोर्ट गर्ने निर्णय छ ।

त्यस्तै यात्रा सुरक्षित बनाउन सवारीसाधनको यान्त्रिक परीक्षण गरी गन्तव्यमा जान सहज व्यस्थापन गरिने निर्णय भएको छ। वैज्ञानिक भाडा समायोजन विगत तीन वर्षदेखि नभएकाले छठ पर्वको एक हप्तापछि समायोजन गर्न यातायात व्यवस्था विभागलाई निर्देशन दिइएको छ ।



प्रतिक्रिया दिनुहोस !