६ आश्विन २०८१, आइतबार

श्रीलंकामा राष्ट्रपति निर्वाचनको मतदान शान्तिपूर्ण रुपमा सम्पन्न

प्रकाशित मिति :  22 September, 2024 9:55 am


काठमाडौँ । श्रीलंकामा राष्ट्रपतीय निर्वाचनको मतदान शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । स्थानीय समय अनुसार शनिवार बिहान ७ बजे शुरु भएको मतदान औपचारिक रुपमा अपराह्न ४ बजे समाप्त भएको थियो ।

सोही दिन १३ हजारभन्दा बढी मतदान केन्द्रमा निर्वाचनका लागि तोकिएको थियो । स्थानीय सञ्चारमाध्यमका रिपोर्टहरूका अनुसार मतदान प्रक्रियालाई सहज र सुरक्षित गर्नका लागि करिव ६३ हजार प्रहरी अधिकारीहरूलाई निर्वाचनको काममा खटाइ देशभर व्यापक सुरक्षा व्यवस्था मिलाइएको थियो ।

राष्ट्रपतिय निर्वाचनमा १ करोड ७० लाखभन्दा बढी मानिस मतदान गर्न योग्य छन् । यस वर्षको राष्ट्रपतीय निर्वाचनमा वर्तमान राष्ट्रपति रनिल विक्रमासिंघे, विपक्षी दलका सजित प्रेमदासा र राष्ट्रिय जनशक्तिका अनुरा कुमारा दिसानायकेलगायत ३८ जना उम्मेदवार प्रतिष्पर्धामा छन् ।

चुनाव जित्नका लागि उम्मेदवारलाई ५० प्रतिशतभन्दा बढी मत चाहिन्छ । यदि कुनै पनि उम्मेदवारले त्यस्तो बहुमत प्राप्त गर्न सकेन भने यसले दोस्रो चरणमा जानेछ । नोभेम्बर २०१९ मा राष्ट्रपति चुनाव जितेका गोटाबाया राजापाक्षेले देशमा गम्भीर आर्थिक संकटको बीचमा जुलाई २०२२ मा पदबाट राजीनामा दिए । राजापाक्षेले राजीनामा दिएपछि संसदमा भएको निर्वाचनमा विक्रमासिङ्घे राष्ट्रपतिमा निर्वाचित भएका थिए । न्युज एजेन्सी नेपाल



प्रतिक्रिया दिनुहोस !