६ आश्विन २०८१, आइतबार

स्वस्तिश्री गुरुकुलको विश्व शान्तिका लागि रोड रेस सम्पन्न

प्रकाशित मिति :  22 September, 2024 10:34 am


काठमाडौँ । इन्टरनेसनल स्कुल एसोसियसन र स्वस्तिश्री गुरुकुल आई. वी. वर्ल्ड स्कूलले कक्षा ६ देखि ११ सम्मका विद्यार्थी लक्षित गरि खेलप्रेमी विद्यार्थीहरूका लागि खेलकुदप्रति बढी आकर्षित अनि दक्ष बनाउने उद्देश्य सहित विश्व शान्ति दिवसको अवसर पारेर “रन फर वर्ल्ड पिस” नाराका साथ रोड रेस – २०८१ सम्पन्न गरेको छ ।

प्रतियोगितामा सोह्र वर्ष मुनीका छात्र र छात्राको दुई समूहमा कक्षा ६ र ७, ८ र ९ साथै १० र ११ समुहमा प्रतिस्पर्धा भएको थियो । छात्र छात्रा दुवै समुहका लागि ३ किलोमिटरको दुरी कायम गरिएको थियो ।

प्रतियोगितामा छात्र तर्फ ६ र ७ कक्षा समुहमा मोडल स्कुलका समिर ठाकुर, चन्द्रागिरि तेक्वान्दो दोजाङका सौरभ मगराती, संगम थापा, सौरभ मल्ल ठकुरी र स्वस्तिश्री गुरुकुल आई. वी. वर्ल्ड स्कूलका अर्जुन सापकोटा क्रमश: प्रथम, दोस्रो, तेस्रो, चौथो र पाँचौ हासिल गरेका थिए ।

छात्र तर्फ नै ८ र ९ कक्षा समुहमा ब्राइट होराइजन चिल्ड्रेन होमका हस्त सुनार, स्वस्तिश्री गुरुकुल आई. वी. वर्ल्ड स्कूलका प्रनभ भट्टराई, हिमालय वाल्डोर्फ स्कूलका पेम्बा छिरिंङ् तामांङ्, इम्पेरियल वर्ल्ड स्कूलका सम्राट के.सी. र हृदय बिक्रम थापाले क्रमश: प्रथम, दोस्रो, तेस्रो, चौथो र पाँचौ स्थान हासिल गरेका थिए ।

त्यसैगरी छात्र तर्फनै ९ र १० कक्षा समुहमा स्वस्तिश्री गुरुकुल आई. वी. वर्ल्ड स्कूलका कामरान शर्मा, सोनाम छिरिंङ् गुरुङ, आरोहण कर्माचार्य, रिवाज के. सी र एलेक्स महर्जन क्रमश: प्रथम, दोस्रो, तेस्रो, चौथो र पाँचौ भएका थिए । प्रतियोगितामा छात्रा तर्फ ६ र ७ कक्षा समुहमा चन्द्रागिरि तेक्वान्दो दोजाङकी जेनिस बोबाल, मोडल स्कुलकी सेजल रोका, न्यु डाइमण्ड स्कुलकी द्वय अवाश्ना खड्का, कृषू लोखड्री, र स्वस्तिश्री गुरुकुल आई. वी. वर्ल्ड स्कूलकी गरिमा रावत क्रमश: प्रथम, दोस्रो, तेस्रो, चौथो र पाँचौ भएका थिए ।

छात्रा तर्फनै ८ र ९ कक्षा समुहमा चन्द्रागिरि तेक्वान्दो दोजाङकी रस्किला हिम्दोंङ्, स्वस्तिश्री गुरुकुल आई. वी. वर्ल्ड स्कूलकी आयु खत्री, हिमालय वाल्डोर्फ स्कूलकी डोल्मा तामाङ्, स्वस्तिश्री गुरुकुल आई. वी. वर्ल्ड स्कूलकी द्वय सुज्याना थापा र भाया सापकोटाले क्रमश: प्रथम, दोस्रो, तेस्रो, चौथो र पाँचौ भएका थिए । त्यसैगरी छात्रा तर्फ नै ९ र १० कक्षा समुहमा ब्राइट होराइजन चिल्ड्रेन होमकी सुष्मा थापा, मङ्गलोदय मा. वि. की सलिना धामी, स्वस्तिश्री गुरुकुल आई. वी. वर्ल्ड स्कूलकी जेशिका रायमाझी, इभाना श्रेष्ठ, शुभाना मानन्धर क्रमश: प्रथम, दोस्रो, तेस्रो, चौथो र पाँचौ भएका थिए ।

प्रतियोगितामा क्रमश: प्रथम, दोस्रो, तेस्रो, चौथो र पाँचौ स्थानसम्म प्राप्त गर्ने विभिन्न कक्षा समुहका छात्र छात्राहरुलाई विशेष अतिथि ओलम्पियन तथा पूर्व म्याराथन धावक श्री बैकुण्ठ मानन्धर, अर्का विशेष अतिथि नागार्जुन नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष थुमराज के. सी., अतिथि पूर्व म्याराथन धावक श्री सहदेव ब्यंजकर, साथै विद्यालय प्रवन्ध निर्देशक मिना महर्जनले पुरस्कार स्वरुप मेडल, ट्रफी र प्रमाण पत्र प्रदान गरेका थिए ।

नगद रकम सहित अतिथि ओलम्पियन तथा पूर्व म्याराथन धावक श्री बैकुण्ठ मानन्धरलाई सम्मान गरिएको विश्व शान्तिका लागि रोड रेसलाई प्रमुख अतिथि बागमती प्रदेश सरकारका मन्त्री मधु श्रेष्ठले उद्घाटन गरेका थिए । उक्त दौड प्रतियोगितामा करिब २०० जना छात्र/छात्रा खेलाडीहरूले विभिन्न विद्यालय तथा संस्थाहरूको प्रतिनिधित्व गर्दै सहभागिता जनाएका थिए ।



प्रतिक्रिया दिनुहोस !