६ आश्विन २०८१, आइतबार

४० बर्ष मुनिका युवाहरूकाे राष्ट्रिय शिखर सम्मेलन गर्दै एमाले

प्रकाशित मिति :  22 September, 2024 12:30 pm


दाङ। नेकपा एमालेका महासचिव शंकर पाेख्रेलले युवा पुस्तालाई पार्टी काममा जाेड्ने याेजना अनुसार ४० बर्ष मुनिका युवाहरूकाे राष्ट्रिय शिखर सम्मेलन आयाेजना गर्न थालिएको जानकारी दिएका छन ।

नेपाल कम्युनिस्ट पार्टी एमाले लुम्बिनी प्रदेश भित्रका केन्द्रीय सदस्यहरूकाे छलफल तथा अन्तरक्रिया कार्यक्रमलाई आइतबार तुलसीपुरमा सम्बाेधन गर्दै महासचिव पाेख्रेलले नयाँ पुस्ताकाे बिचमा पार्टीलाई पुर्‍याउने गरी पार्टीले जाेजना बनाएकाे बताएका हुन ।

४० बर्ष मुनिका युवाहरूलाईलक्षित गरेर शिखर सम्मेलन आयाेजना गर्न थालिएको बताएका छन । पार्टीमा युवा पुस्तालाई आकर्षित गर्दै संगठन बिस्तार र सदस्यता वितरणलाइ व्यापक बनाउदै पार्टी कामलाई व्यवस्थित गरेर अघि बढ्न निर्देशन दिए ।

युवालाई आकर्षित गर्ने र पुराना कार्यकर्ताहरूलाई जाेड्नेगरी प्रभावकारी याेजना निर्माण गरेर काममा खटिन महासचिव पाेख्रेलले आग्रह गरे । उनले भने, “पार्टीले बनाएकाे याेजना अनुसार पार्टीलाई व्यवस्थित गरेर अघि बढ्नुपर्छ ।”

जनसराेकारकाे मुद्दामा पार्टीलाई अग्रपंक्तिमा उभ्याउन निर्देशन दिए । यस्तै उनले प्रशिक्षणलाई पार्टी नेतृत्वकाे आधारकाे रुपमा विकास गर्नुपर्ने बताए । “पार्टी कार्यालयलाई पनि व्यवस्थित बनाउन निर्देशन दिए ।पार्टी कार्यालय जनसम्पर्ककाे प्रमुख थलाे बन्नुपर्छ । पार्टी कार्यालय अभिलेख कार्यालय पनि हाे । सबै चिजकाे रेकर्ड व्यवस्थित हुनुपर्छ,"उनले भने,”पार्टीकाे प्रचारकाे कामलाई व्यवस्थित गरिनुपर्छ । साेसल मिडिया नेटवर्क बनाउनुपर्ने छ ।”

नयाँ कामका क्षेत्रकाे पहिचान गरेर परिचालन हुनुपर्ने बताए । लुम्बिनी प्रदेशका पार्टी अध्यक्ष राधाकृष्ण कँडेलकाे अध्यक्षता र महासचिव शंकर पाेख्रेलकाे प्रमुख आतिथ्यता बैठक बसेकाे हाे । पार्टीको कामलाई सांगठनिक, राजनीतिक र समृद्धिकाे रुपमा अभियानलाइ व्यापक बनाउने बिषयमा छलफल गरिएको थियाे ।



प्रतिक्रिया दिनुहोस !