६ आश्विन २०८१, आइतबार

मह किसानको समस्या अध्ययान गर्न समिति गठन

प्रकाशित मिति :  22 September, 2024 1:45 pm


काठमाडाैँ । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले मह उत्पादक किसानहरूको समस्या अध्ययान गर्न एक समिति गठन गरेका छन् ।

आइतबार मन्त्रालयमा बसेको सरोकारवालाहरूको सहभागितामा बसेको बैठकमा मन्त्री अधिकारीले मन्त्रालयका सहसचिव भोजराज सापकोटाको अध्यक्षतामा सरोकार पक्षको समेत सहभागीता हुने गरि ९ सदस्यीय समिति गठन गरेका हुन् । समितीलाई १५ दिन भित्र प्रतिबेदन पेश गर्न कार्यादेश दिइएको मन्त्रालयले जनाएको छ ।

बैठकमा मन्त्री अधिकारीले मह उत्पादक किसान र बितरक दुबै पक्षको हित हुने गरि कार्यदलले सुझाब दिने बिश्वास ब्यक्त गरे । मन्त्री अधिकारीले सरकारको लक्ष्य आयात प्रतिस्थापन गरि स्वदेशी किसानको उत्पादनलाई प्राथमिकता दिने भए पनि मह किसानको तत्काल देखिएको समस्या समाधान गर्न जरुरी रहेको बताए।

समितिले दिने सुझावका आधारमा मन्त्रालय अघि बढने मन्त्री अधिकारीले बताए । मह किसानहरूले हाल मौज्दात रहेको २१ सय मेट्रिक टन मह बिक्रीको व्यवस्था मिलाइ दिन सरकार समक्ष माग गरेका छ्न । मह आयत रोके पनि सिरफको रूपमा यस्को आयात भैरहेको भन्दै मह किसानहरूले महको आयातमा कर वृद्धि गर्नुपर्ने , स्वदेशी महलाई बजारीकरण गर्न सरकारले सहयोग गर्नुपर्ने लगायतका माग सरकार समक्ष राखेका छ्न ।



प्रतिक्रिया दिनुहोस !