६ आश्विन २०८१, आइतबार

सुदूरपश्चिमको बजेट बहुमतले पारित

प्रकाशित मिति :  22 September, 2024 2:13 pm


काठमाडौँ । सुदूरपश्चिम प्रदेशसभाबाट आर्थिक वर्ष २०८१\०८२ को बजेट बहुमतले पारित भएको छ।

आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले गत भदौ ३१ गते प्रदेशसभामा ३१ अर्ब ६२ करोड ९८ लाख २८ हजारको बजेट पेश गरेका थिए । चालूतर्फ १२ अर्ब ८५ करोड ७४ लाख ५ हजार र पुँजीगततर्फ १८ अर्ब ७६ करोड २४ लाख २३ हजार बजेट विनियोजन गरिएको छ ।

छलफलका क्रममा बजेटमा सत्तारुढ दलकै सांसदहरूले असन्तुष्टि जनाए पनि आइतबार भने बजेट बहुमतले पारित भएको हो ।



प्रतिक्रिया दिनुहोस !