६ आश्विन २०८१, आइतबार

उपलब्धिको रक्षा गर्नेगरी संविधान संशोधन भए सहयोग गर्न तयार छौँः श्रेष्ठ

प्रकाशित मिति :  22 September, 2024 5:21 pm


काठमाडाैँ । नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले अहिलेको उपलब्धिहरुलाई कुनैपनि कोणबाट कुठाराघात नगर्नेगरी संविधान संशोधन गर्न आवश्यक रहेको बताएका छन् ।

आइतवार सिंहदरबारमा संविधान सभा सदस्य परिषद् नेपालको केन्द्रिय तदर्थ समितिले दशौं संविधान दिवसको अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले उपलब्धिको रक्षा हुनेगरी संविधान संशोधन भए आफूहरुको पूरा सहयोग रहने बताएका हुन् ।

उनले संविधान संशोधन गर्दा संविधान जारी गर्दाखेरी र अहिलेका अनुभवका आधारमा हुनुपर्ने बताए । उनले सबै सहमत भएको अन्तरवस्तु तर बुँदाहरू, धाराहरू मिलाउँदा नमिलेको कुराहरूमा अहिले सहमति जुटाउन सकिने बताए । उनले संविधानलाई राम्रो र परिष्कृत बनाउन नयाँ अध्यानय थप्नेगरी अघि बढ्नुपर्ने बताए ।

वर्तमान सरकार बन्ने प्रसंगसँग संविधान संशोधनको विषय आएकाले केही विवाद आएको बताए । उनले समावेशी, समानुपातिक पक्षहरुमा पछि नहट्ने विषयमा सरकार सरकारमा सहभागी राजनीतिक दलहरुले स्पष्ट पारिसकेको भन्दै अब सोहीअनुसार अघि बढ्न जरुरी रहेको बताए ।

वरिष्ठ उपाध्यक्ष श्रेष्ठले उपलब्धिको रक्षा गर्न नेपाली समाज र जनताको आवश्यकता र अपेक्षाअनुसार संविधान परिमार्जन गर्नुपर्ने बताए ।



प्रतिक्रिया दिनुहोस !