६ आश्विन २०८१, आइतबार

काँग्रेस–एमालेबिच लिखित समझदारी नभएको भएपनि संविधान संशोधन आवश्यक थियोः सांसद निधी

प्रकाशित मिति :  22 September, 2024 5:25 pm


काठमाडाैँ । नेपाली काँग्रेसका सांसद विमलेन्द्र निधीले नेपाली काँग्रेस र नेकपा एमालेको बिचमा संविधान संशोधनको बुँदा समावेश गरेकै कारण संविधान संशोधनको औचित्य रहेको भन्ने बुझाइ गलत भएको बताएका छन् ।

आइतबार सिंहदरबारमा संविधान सभा सदस्य परिषद् नेपालको केन्द्रिय तदर्थ समितिले दशौं संविधान दिवसको अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले दुई पार्टीमा समझदारी भएकै आधारमा संविधान संशोधन गर्नुपर्छ भन्ने कुरा गलत भएको बताए ।

संविधानकै धारामा पुनरावलोकन र संशोधन गर्नुपर्ने उल्लेख गरेको भन्दै दुई पार्टीमा लिखित बुँदा सहमति नभइदिएको भएपनि अहिलेको संविधानमा संविधान संशोधनको जरुरत रहेको बताए । उनले समय समयमा सहमति भएअनुसार संविधान संशोधन हुने जिकिर गरे ।

सांसद निधीले सात प्रदेशसँगै १० वर्षसम्म पनि आफ्नो कर्मचारी नरहेको बताए । आत्मालोचनाको बानी काँग्रेसमा नरहेको तर कम्युनिष्टहरुमा धेरै हुने गरेको सुनेको भन्दै सबै राजनीतिक दलहरूले आत्मालोचना गर्न जरुरी रहेको बताए ।



प्रतिक्रिया दिनुहोस !