७ आश्विन २०८१, सोमबार

प्रधानमन्त्री ओली र कुवेतका राजकुमार एवं प्रधानमन्त्रीबिच भेटवार्ता

प्रकाशित मिति :  23 September, 2024 7:42 am


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओेली र कुवेतका राजकुमार एवं प्रधानमन्त्री शेख सबाह अल खलेद अल हमाद अल मुबारक अल सबाहबिच आइतबार भेटवार्ता भएको छ ।

संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहेका बेला दुई नेताबिच भेटवार्ता भएको हो ।

राष्ट्रसङ्घका लागि कुवेतको स्थायी नियोगको कार्यालय न्युयोर्कमा भेटवार्ता भएको थियो । भेटमा दुई देशबिचको आपसी हित र सहकार्यका विषयमा छलफल भएको बताइएको छ ।



प्रतिक्रिया दिनुहोस !