७ आश्विन २०८१, सोमबार

प्रधानमन्त्री ओली र परराष्ट्र मन्त्री राणाको स्वागतमा न्युयोर्कमा आयोजना गरिएको कार्यक्रम स्थगित

प्रकाशित मिति :  23 September, 2024 9:48 am


तस्विर : सामाजिक सञ्जाल

काठमाडौँ । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिने क्रममा न्युयोर्कमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री आरजु राणाको स्वागतमा नेपाली समुदायले आयोजना गर्ने भनिएको स्वागत कार्यक्रम स्थगित गरिएको छ ।

नेपाली समुदायबाटै विरोधको तयारी गरिएपछि प्रधानमन्त्रीको कार्यक्रम स्थगित गरिएको हो । नेपाली महावाणिज्य दूतावास न्यूयोर्क र अमेरिकामा रहेका नेपाली समुदायको संयुक्त आयोजनामा आइतबार स्वागत तथा अन्तरक्रिया कार्यक्रम तय भएको थियो ।

तर सुरक्षा संवेदनशीलता र प्रधानमन्त्री केपी शर्मा ओली तथा परराष्ट्र मन्त्री डा। आरजु राणा देउवा संयक्त राष्ट्र संघको महासभा, समिट अफ फ्युचर तथा अन्य साइडलाइन मिटिङहरुमा व्यस्त रहनु परेको बताउदैँ कार्यक्रम स्थगित गरिएको छ ।



प्रतिक्रिया दिनुहोस !