७ आश्विन २०८१, सोमबार

आईजीपी कुँवर ग्रीस प्रस्थान

प्रकाशित मिति :  23 September, 2024 1:22 pm


काठमाडाैँ । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर सोमबार मित्रराष्ट्र ग्रीस प्रस्थान गरेका छन् ।

ग्रीसको एथेन्समा यू.एस ड्रग्स इनफाेरसमेन्ट एडमिन्सट्रयाक्सनकाे आयोजनामा असोज ८ गतेदेखि १० गतेसम्म सञ्चालन हुने ३८औं इन्टरनेशनल ड्रग्स इनफाेरसमेन्ट कन्फरेन्समा सहभागी हुन प्रहरी महानिरीक्षक कुँवर त्यसतर्फ प्रस्थान गरेका हुन् । कन्फरेन्समा प्रहरी वरिष्ठ उपरीक्षक दिनेश कुमार आचार्य समेत सहभागी रहेका छन् ।

प्रहरी महानिरीक्षक कुँवरको अनुपस्थितिमा प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राईले नेपाल प्रहरी प्रधान कार्यालयको दैनिक प्रशासनिक कामकाजको जिम्मेवारी समाल्ने छन्।



प्रतिक्रिया दिनुहोस !