७ आश्विन २०८१, सोमबार

पत्रकार विपुल पोख्रेलको नयाँ गीत ‘बोल मन खोल’ सार्वजनिक (भिडियाेसहित)

प्रकाशित मिति :  23 September, 2024 3:23 pm


काठमाडाैँ । दाङदेखि तीन दशकबाट पत्रकारिता गर्दै आएका पत्रकार तथा गीतकार विपुल पोख्रेलले आफ्नै शब्द रचनामा नयाँ गीत ‘बोल‘ मन खोल‘’ सार्वजनिक गरेका छन्।

नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष पोख्रेलको शब्दमा सञ्चारकर्मी देवेन्द्र बस्नेतको स्वर रहेको गीतमा वरिष्ठ संगीतकार सन्तोष श्रेष्ठले संगीत भरेका छन्। जीवन, जगत, र मानवीय दर्शन झल्काउने गीतको भिडियो संयोजन अर्का सञ्चारकर्मी सुदन थापाले गरेका छन्।

विपुल पोख्रेलले यसअघि पनि आधा दर्जनजति गीतका शब्द लेखिसकेका छन्। महासंघको अध्यक्षबाट हालैमात्र राजीनामा दिएपछि उनले यो नयाँ गीत लेखेका हुन्। उनले माओवादी सशस्त्र युद्धका बेला ६० को दशकतिर पनि मोफसलका नयाँ गायकहरूलाई मौका दिएका थिए, जसमा उनका रचनाहरूले त्यसबेलाको राजनीतिक अवस्थालाई पनि समेटेको थियो। “म फुर्सदको गीतकार हुँ,” पोख्रेलले भने, “नयाँ प्रतिभाहरूलाई अवसर दिनका लागि समय मिल्नेबित्तिकै गीत लेख्ने गरेको छु।”



प्रतिक्रिया दिनुहोस !