७ आश्विन २०८१, सोमबार

जनताको चाहनाअनुरुपको पार्टीलाई बन्देज गर्नेकुरा रास्वपाले स्वीकार्दैनः सन्तोष परियार

प्रकाशित मिति :  23 September, 2024 6:01 pm


काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले राजनीतिक अस्थिरताका नाममा समावेशी, समानुपातिकलाई घटाउने कुरा स्वीकार गर्न नसकिने बताएका छन् ।

सोमवार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले दुई दल र तीन दलका नाममा थ्रेस होल्ड बढाउने कुरा आफूहरुलाई स्वीकार्य हुन नसक्ने बताएका हुन् । उनले नेपाली जनताको चाहनाअनुरुपको पार्टीहरुलाई बन्देज गर्ने प्रयास गरिए राष्ट्रिय स्वतन्त्र पार्टी संविधान संशोधनको पक्षमा नरहने बताए । 

प्रमुख सचेतक परियारले आफूले बनाएको संविधानमाथि नै अहिलेका राजनीतिक दलहरुलाई विश्वास नभएको बताए ।



प्रतिक्रिया दिनुहोस !