८ आश्विन २०८१, मंगलबार

तीनै तहको सरकारलाई कम खर्चिलो बनाउनेगरी संविधान संशोधन गर्नुपर्छः नेता साउद

प्रकाशित मिति :  24 September, 2024 7:04 am


काठमाडौँ । नेपाली काँग्रेसका नेता नारायणप्रकाश साउदले तीनै तहको सरकारको खर्च कम हुनेगरी संविधान संशोधन गर्नुपर्ने बताउनुभएको छ ।

सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेता साउदले देशमा साधारण खर्च असाध्यै बढेको बताएका हुन । उनले राज्यको उत्तरदायित्व बढ्दा त्यसको मार भने जनताले भोग्नु परिरहेको भन्दै संघ, प्रदेश र स्थानीय तीनै तहमा खर्च घटाएर चुस्त बनाउनुपर्ने बताए।

उनले त्यसका लागि आवश्यकता अनुसार संविधान संशोधन गर्नुपर्ने बताए । उनले संघमा सरकार परिवर्तन हुनासाथ प्रदेशमा पनि अस्थिरता हुने गरेको भन्दै प्रदेशलाई पनि स्थिर बनाउनुपर्नेमा जोड दिए । उनले प्रदेश सरकारलाई स्थिर बनाउनेगरी संवैधानिक सुधार गर्नुपर्ने बताए ।

उनले समावेशी प्रतिनिधित्वलाई पनि निर्वाचन प्रक्रियाबाटै अनुमोदन गर्ने गरेर अगाडी बढे सक्षम नेतृत्वलाई स्थापित गराउन सकिने उल्लेख गरे । न्युज एजेन्सी नेपाल



प्रतिक्रिया दिनुहोस !