८ आश्विन २०८१, मंगलबार

नवलपुरमा यात्रुवाहक बस दुर्घटना हुँदा २३ जना घाइते

प्रकाशित मिति :  24 September, 2024 8:07 am


नवलपरासी । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको विनियी त्रिवेणीमा ४५ जना यात्रु बोकेको बस दुर्घटना हुँदा २३ जना घाइते भएका छन् ।

काठमाडौँबाट भारतको राजस्थान तर्फ जाँदै गरेको बस विनयी त्रिवेणी–१ स्थित विनयीखोला नजिक दुर्घटनामा भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलका अनुसार आज विहान आरजे १४ पिसी ३५४५ नम्बरको बस अनियन्त्रित भइ सडकमा पल्टिएको थियो ।

बस पल्टिँदा बसका ४५ जना यात्रुमध्ये २३ जना यात्रु घाइते भएका छन् । बसमा सवार २२ जना यात्रु सकुशल रहेको प्रहरी नायब उपरीक्षक पौडेलले बताए । घाइतेको स्थानीय विनियी त्रिवेणी आधारभूत अस्पतालमा उपचार भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस !